प्रदेश राजधानी बनाउन होटल व्यवसायी संघको माग

17

नेपालगन्ज-होटल व्यवसायी संघ बाँके नेपालगन्जले प्रदेश नम्बर ५ को राजधानी बाँकेलाई कायम गर्न माग गरेको छ । संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षतामा जिल्लाको पिकनिक स्थल गाभर भ्यालीमा सम्पन्न बैठकले यस्तो माग गरेको हो ।

प्रदेश नम्बर ५ को राजधानीका लागी बाँके जिल्ला हरेक क्षेत्रबाट उपयुक्त देखिन गएको भन्दै संघले यहाँको सामाजिक, भौतिक, साँस्कृतिक तथा पर्यटकिय वातावरणलाई मध्यनजर गर्दै यहाँको विकास, उन्नती र समृद्धिको लागी राजधानी बनाउन माग गरेको जनाएको छ । उक्त माग सहितको हस्ताक्षर पत्र सम्बन्धित निकायमा पठाइएको संघका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्