कसरी अड्कियो एमाले र माओबादीबीचको पार्टी एकता ?

96

काठमाडौं-प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारीका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमती नहुँदा एकिकरण प्रक्रियाबीचमै अधुरो हुन पुगेको छ । दुई अध्यक्षबीच शुक्रबार भएको गोप्य वार्ता पनि एक अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ । सरकार पहिले बनाउने कि पार्टी एकता पहिले गर्ने भन्नेमा नै उनीहरुबीच सहमती हुन सकेन् ।

दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापन सम्बन्धमा एमाले अध्यक्ष ओली र माओवादीका दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्ष विहीन भएको हो । ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर गोप्य वार्तामा बसेका थिए । भक्तपुरस्थित एक व्यापारीको घरमा ओली–दाहालबीच अढाई घण्टा छलफल भएको थियो ।

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ । सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन् । ओलीले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक विषय बनाई अलग–अलग ढंगले अगाडि बढाउनुपर्नेमा पछिल्लो समयमा अभिव्यक्ति दिईरहेका छन् ।

 

Womui
Womui