सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी

133

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अनुबन्धित गरेको छ । भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाखमा किनेको हो । आइपिएल क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता हो ।

सन्दिप आइपिएलमा पर्ने पहिलो नेपाली क्रिकेटर हुन सफल भएका छन् । आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली सार्वजनिक हुदा सन्दिप २ सय ७६ नम्बरमा परेका थिए । सन्दिपको मुल्य २० लाख भारतीय रुपैया राखिएको थियो । सन्दीपलाई आफ्नो क्लबबाट खेलाउन पाउँदा निकै खुसी लागेको पनि दिल्ली डेयर डेभिल्सले बताएको छ। उसले ट्वीटमा लेखेको छ- ‘१७ वर्षीय लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ ।’

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन् । यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए । पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो ।

Womui
Womui