म्याट्रीक्स उड ईन्डष्ट्रीजको डिलर भेटघाट

149

नेपालगन्ज-म्याट्रीक्स उड ईन्डष्ट्रीज नेपालगन्जले आफ्ना डिलरहरुसँग भेटघाट गरेको छ । नेपालगन्जमा आईतबार एक कार्यक्रमका बीच उक्त उद्योगले भेटघाट गरेको हो । भेटघाटमा उद्योगका निर्देशक टंक धामीले उद्योगले गर्दै आएको उत्पादन, बजारीकरण लगायत विषयमा जानकारी गराएका थिए । धामीका अनुसार उद्योगले हाल भारतबाट कच्चा पदार्थ आयात गरी विभिन्न साईजका ढोका उत्पादन गर्दै आएको छ ।

नेपालगन्जको धम्बोझीमा सञ्चालित उद्योगमा नेपालगन्ज र भारतीय व्यवसायीको संयुक्त लगानी रहेको छ । उद्योगलाई १३ कठ्ठा क्षेत्रफलमा बिस्तार गर्ने र उत्पादनको दायरालाई पनि अझ फराकिलो पार्ने तयारी भईरहेको धामीले जानकारी दिए । उक्त उद्योगसँग हाल पुर्वको नारायणघाटदेखी महेन्द्रनगरसम्म २१ वटा डिलर आवद्ध छन् । म्याट्रीक्सका ब्रान्ड डाईरेक्टर भारत, गुजरातका चन्दे्रश पटेलले आफ्नो अन्र्तराष्ट्रिय स्तरको ब्रान्डलाई नेपालमा पनि विस्तार गर्ने प्रयास स्वरुप नेपालगन्जका व्यवसायीसँग सहकार्य गरिएको बताए ।

बाँके, प्रदेश सभा-१ ‘क’ का सदस्य कृष्णा केसी नमुनाले स्थानीय स्तरका व्यवसायीको प्रयासमा पनि ठुल्ठुला उद्योग स्थापना हुने क्रम बढेको भन्दै प्रशंसा गरिन् । उद्योग स्थापनाले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्ने विश्वास गरिन् । ‘यस्ता उद्योगले युवालाई आफ्नै ठाउँमा रोजगारी दिन र अर्थतन्त्रको विकासमा टेवा पुरयाउनेछ,’ उनले भनिन् । उद्योगका सञ्चालक अध्यक्ष गिरिराज भुसालले आफुहरुले उद्योगबाट गुणस्तरिय उत्पादन गरिरहेको बताए । स्थापनाको एक वर्ष नपुग्दै उत्पादनले बजार हिस्सा ओगट्न सफल भएको उनको भनाई छ ।

 

Womui
Womui