नेपालगन्ज बिमानस्थलको धावनमार्ग मर्मत गर्ने तयारी

135

नेपालगन्ज-नेपालगन्ज बिमानस्थलको धावनमार्ग चाडै मर्मत गर्ने तयारी गरिएको छ । यही माघ १५ देखि फाल्गुन २० गते सम्म धावनमार्ग मर्मत गर्ने कार्य अगाडी बढाइएको हो । मर्मत गर्ने क्रममा बिमानस्थलको सन्ध्याकालिन सेवा बन्द हुने नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज बिमानस्थलका प्रमुख प्रतापबावु तिवारीले जानकारी दिए । धावन मार्ग कालोपत्रे गर्दा दैनिक ९ घण्टामात्र बिमानस्थल खुला रहने उनले बताए ।

कालोपत्रे सम्पन्न नहुँदा सम्म दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कुनैपनि उडान र अवतरण नहुने बिमानस्थल कार्यालयले जनाएको । तिवारीका अनुसार प्रत्येक ५ देखि सामान्य अवस्थामा बिमानस्थल चौबिसै घण्टा खुला रहने गरेको छ । नेपालगन्जबाट काठमाडौं र पहाडी जिल्लामा डेढ दर्जनबढी उडान हुने गरेको छ । पछिल्लो समयमा ठुला हवाई सेवा प्रदायक कम्पनीले नेपालगन्ज–काठमाडौं रुटमा उडान थपेका कारण नेपालगन्ज बिमानस्थलमा बढी चाप हुने गरेको छ ।

Womui
Womui