‘दुई पार्टी एकताको विकल्प छैन’ : गजुरेल

261

रौतहट-नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकिकरण प्रक्रिया लम्बिरहेका बेला माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले माओवादी र एमाले एकताको विकल्प नभएको जिकिर गरेका छन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा बाढी पीडितका लागि आयोजित राहत वितरण कार्यक्रमको शनिबार उद्घाटन गर्दै सांसद समेत रहेका गजुरेलले नेपाली जनताले माओवादी र एमालेलाई मिलेर सरकार चलाउन तथा पार्टी एकताको लागि म्याण्डेट दिएको बताए । नेता गजुरेलले दुवै पार्टी एकीकरण हुन नसकेको खन्डमा फेरि जनमत ल्याउन जनतामा जानुपर्ने भएकोले माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पार्टीको आन्तरिक प्रक्रिया मिलाएर एकीकरणको विकल्प नभएको बताए ।

Womui
Womui