५० किलो चरेशसहित दुई युवा पक्राउ

51

नेपालगन्ज-५० किलो अवैध लागुऔषध चरेशसहित रोल्पाबाट २ युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको पाँच नम्बर प्रदेश ब्युरो टोलीले आईतबार बिहान रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले रोल्पा थवाङ गाउँपालिका वडा नम्बर ३ का प्रश्न बुढामगर र शेरबहादुर बुढामगरलाई पक्राउ गरेको थियो ।

पाँच नम्बर प्रदेश प्रहरी प्रमुख (एआईजी) मधुप्रसाद पुडासैनीले लागुऔषधको ओसार-पसार नियन्त्रण कार्ययोजना सार्वजनिक गरे लगतै पक्राउ गरिएको हो । लागुऔषध विरुद्वको सिधा कारबाही अभियान अन्तर्गत लागुऔषध चरेशसहित उनीहरुलाई नियन्त्रणमा लिइएको पुडासैनीले बताएका छन् । पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि रोल्पास्थित थवाङ प्रहरीको जिम्मा लगाएको बताइएको छ ।

Womui
Womui