बुम रेमिटक्रिकेट प्रतियोगिता-बागेश्वरी एमेडेमीको शानदार जित

59

नेपालगन्ज-बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा बागेश्वरी एमेडेमीले शानदार जित निकालेको छ । टस जितेर पहिले मैदानमा उत्रिएको सगरमाथा ज्ञानपुञ्ज ४० रनमै प्याक भएको थियो । सुरुवाती बलमै विकेट गुमाएको सगरमाथाका खेलाडीहरु १४ ओभरसम्म टिकेपनि सागर जि.एम. (१४) बाहेक अन्य खेलाडीहरु दोहोरो अंक जोड्न असफल रहे ।

सगरमाथाका खेलाडीहरुलाई सस्तैमा रोक्ने क्रममा बागेश्वरीका बलर दीपेन्द्र रावतले ह्याट्रिक गरेका थिए, भने अनिस थापा र आयुस्मान बस्नेतले समान २÷२ विकेट लिएका थिए । ४१ रनको झिनो लक्ष्य पछ्याएको वागेश्वरी एमेडेमीले २ ओभरमै लक्ष्य हासिल गरेको थियो । जसकालागी दिपेन्द्र रावतले ९ बलको सामना गर्दै २६ रन प्रहार गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बागेश्वरी एमेडेमीका दिपेन्द्र रावत घोषित भए । आगामी १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत आज आईडल पब्लीक स्कुल र तक्षशिला एकेडेमीबीच पहिलो खेल हुनेछ, भने दोस्रो खेलमा श्रीचन्द्र मेवालाल स्कुलले नेपालगन्जको थोमस स्कुलको सामना गर्ने आयोजक मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । प्रतियोगितामा बिजयी हुने टिमले २१ हजार तथा उप–विजेताले ११ हजार नगद प्राप्त गर्नेछ ।

Womui
Womui