जनप्रतिनिधि अभाव, दवाव र प्रभावमा पर्नुहुदैन’ : दाहाल

124

नेपालगन्ज-संविधानविद् काशिराज दाहालले अब विगतको जस्तो सोचमा काम नगर्न स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिएका छन् । विगतको संरचनाबाट जनताको हितमा काम हुन नसकेको कुरा स्मरण गराउँदै उनले अधिकार सम्पन्न नगरपालिका र गाउँपालिकाले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए । बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिका लागी आयोजित ‘स्थानीय सरकार : कार्यसञ्चालन सम्बन्धी’ अभिमुखिकरण कार्यक्रमको उद्घाटन शत्रलाई शुक्रबार सम्बोधन गर्दै दाहालले भने, ‘जनप्रतिनिधिहरु अभाव, दवाव र प्रभावमा पर्नुहुदैन ।’ मुलुकमा व्यवस्था बद्लिए पनि संस्थागत हुन नसकेको उनको भनाई छ ।

तुलसीपुर उच्च अदालत नेपालगन्ज ईजलासका न्यायाधीश प्रेमराज कार्कीले कतिपय कठिनाई हुँदा हुदैपनि जनप्र्रतिनिधिले काम गरिरहेको भन्दै उनले प्रशंसा गरे । स्थानीय सरकार सञ्चालन सम्बन्धी कानुन बनिसकेकाले सोही कानुनको परिधिभित्र रहेर काम गर्न जनप्रतिनिधिलाई उनले सुझाव दिए । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकाहरुको अवस्था दयनीय रहेको बताए । ‘विकास निर्माणले ग्रामिण क्षेत्रहरु निकै पछाडी परेका छन्, अवस्था एकदमै दयनीय छ,’ उनले भने ‘राम्ररी सडक पुग्न सकेको छैन, जनताको आशा र अपेक्षा धेरै छ ।’ आफुहरु जनताका शासक नभएर वास्तविक सेवक तथा नोकर भएको प्रत्याभुती गराउने बताए ।

जनप्रतिनिधिले अधिकारभन्दा पनि कर्तव्यलाई भुल्न नहुने धारणा राखे । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साहले कतिपय कानुनी समस्याले गर्दा काम गर्न कठिनाई भएको बताए । साझेदारी विकास परियोजनाको सहयोगमा बाँके युनेस्को क्लबले डुडुवा र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर कानुनी समस्याबारे अभिमुखिकरण गराएको हो । नेपालगन्जमा शुक्रबारबाट सुरु भएको उक्त कार्यक्रम दुई दिन सम्म चल्नेछ ।

Womui
Womui