महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, भोली माग्ने बुढाले हसाउँने

138

नेपालगन्ज-नेपालगन्जको कारकाँदोमा सञ्चालित प्रादेशिक महोत्सवमा अमेरिकन दुतावासका कलाकारले बेजोड प्रस्तुती देखाएका छन् । भविष्यका लागी युवा आवाज नारा सहित प्रादेशिक महोत्सवमा सहभागी भएका अमेरीकन ब्याण्डका कलाकारले बाँकेबासीलाई भरपुर मनोरञ्जन प्रदान गरे । आधा दर्जनबढी विदेशी गित आएको उक्त समुहले कार्टुन क्रुजले नृत्य गरेको चर्चित नेपाली गित समेत गाएको थियो । आयसाले ‘तिमी र म घुम्न जाउन’ गित गाउँदा कार्टुन क्रुजका कलाकारले तृत्य मार्फत साथ दिएका थिए । अमेरिकन गायिका आयसाको ब्याण्ड समुहका अलावा शुक्रबार चर्चित नेपाली गायकद्धय प्रमोद खरेल र सुगम पोखरेलले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

भविष्यका लागी युवा आवाज साँङ्गितिक कार्यक्रम अन्तर्गत महोत्सबमा आएका पोखरेल र खरेलद्धयले आफ्ना चर्चित गित गाएका थिए । ‘म बिना मुस्किल छ पोखरामा….’ बोलको गित गाउँदै मञ्चमा उक्लिएका प्रमोद खरेलले आफ्ना चर्चित गितहरु गाएका थिए, भने सुगम पोखरेलले पनि महोत्सवमा सहभागी युवा युवतीलाई नचाएका थिए । आगामी माघ २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सबमा २ सय ६० वटा ब्यवसायिक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमाबाईल्स, २२ रेष्टुरेन्ट र १६ बिदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन् ।

पाँच लाख बढी दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट १ करोड बढी रकम बचत गर्ने लक्ष्य लिईएको छ । यसैक्रममा महोत्सवमा सहभागी हुन चर्चित हाँस्य कलाकार माग्ने बुढा नेपालगन्ज शनिबार आउने भएका छन् । साँस्कृतीक उपसमितिका संयोजक तपेन्द्रबिक्रम शाहका अनुसार शनिबार हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को टिमसँगै कुटुमा-कुटु, सुर्के थैली, चिरबिर चिरबीर चरी चट्ट परी, पुर्वपश्चिम लगायत गितका गायक राजनराज शिवाकोटी र देउडा गायक सज्जन धामीको बेजोड प्रस्तुती रहनेछ । साथै स्थानिय कलाकारले समेत आफ्नो प्रस्तुती दिने भएका छन् । यस्तै राही मार्ट नृत्य प्रतियोगिताका लागी प्रतियोगीहरु छनोट गरिएको छ । महोत्सव अबधिभर सञ्चालन गरिने प्रतियोगितामा सहभागी हुन चाहने ब्यक्ती तथा टिमलाई अडिशनमार्फत प्रतिस्पर्धाका लागी छनोट गरिएको हो ।

Womui
Womui