बाँदरमुढे घटनाका मृतकलाई सरकारद्धारा सहीद घोषणा

105

काठमाडौं-सरकारले बाँदरमुढे घटनामा मारिएका व्यक्तिलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बेलुका सम्पन्न बैठकले बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रु बसलाई लक्षित गरी तत्कालिन बिद्रोही नेकपा माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो ।

बैठकले सशस्त्र जनयुद्धका क्रममा तत्कालिन माओवादीबाट मारिएका कास्कीका ९ जनालाई पनि सहीद घोषणा गरेको छ । यस्तै, पञ्चायतकालमा राज्यद्वारा मारिएका हरिप्रसाद गुरुङलाई सहीद घोषणा गरिएको छ । बैठकले पूर्वी रुकुमको सदरमुकाम उत्तरगंगा नगरपालिका १२ लाई तोकेको छ । यसैगरी ७ वटै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय भएको छ । प्रदेश नम्बर १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा प्रदर्शनी केन्द्र खोलिनेछ । बैठकले परिवार नियोजन संघको केन्द्रीय कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई मासिक ५ हजार भत्ता दिने बैठकले निर्णय गरेको छ ।

Womui
Womui