प्रादेशिक महोत्सव नेपालगन्जमा सञ्चालन

141

नेपालगन्ज-संघियता कार्यान्वयन भएसँगै मुलुकमै पहिलो पटक नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालनमा ल्याइएको छ । उक्त महोत्सवको बिहीबार कारकाँदोस्थित सडक विभाग परिसरमा एक भव्य समारोहकाबीच पुर्वप्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र जयमंगलम सिमेन्ट्स प्रालिको मुख्य प्रायोजनमा महोत्सव सञ्चालनमा आएको हो ।

संघका अध्यक्ष नन्दलाल बैश्यको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा प्रमुख अतिथी दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रतिनिधि सभा सदस्य मोहम्मद ईस्तियाक राई, प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले बोलेका थिए ।

उक्त महोत्सव आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव उद्घाटन गर्नुअघि नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट हात्ती सहितको कलश यात्रा निकालिएको थियो । कलशयात्रा सहितको रयाली नगरका विभिन्न स्थानको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो । रयालीमा विभिन्न उद्योगी, ब्यापारीका साथै सामाजिक क्षेत्रमा सक्रिय संघ, संस्था ब्यानर सहित सहभागी भएका थिए ।

महोत्सव उद्घाटनका क्रममा हेलिकप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो । महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषि, ४ जडिबुटी, १४ अटोमाबाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन् । पाँच लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सबबाट एक करोड बढी रकम बचत गर्ने लक्ष्य लिईएको छ ।

Womui
Womui