‘नेपालगन्जको ईतिहास मैले पढेको छु’ : प्रचण्ड

110

नेपालगन्ज-पुर्वप्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने वामपन्थी सरकारले देशको आर्थिक विकासमा गति दिने दाबी गरेका छन् । नेपालगन्जमा बिहीबार प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले सार्वजनिक र निजी क्षेत्रको सहकार्य विना आर्थिक विकासले गति लिन नसक्ने स्पष्ट पारे । मुलुकलाई छिटोभन्दा छिटो आर्थिक विकासमा लैजान, बेरोजगारी समस्या अन्त्य गर्न र लाखौं युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सबैले नयाँ संकल्प गर्न जरुरी रहेको उनले बताए ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा नेपालको ईतिहासमै सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको जिकिर गर्दै दाहालले यसबाट अब बन्ने वामपन्थी सरकारले देशको आर्थिक विकासमा गति दिन्छ भन्ने आधार बनेको बताए । नेपालगन्जलाई प्रादेशिक राजधानी नबनाएको गुनासो सुनेपछि उनले कुनैपनि हालतमा बाँकेलाई आफुले पछाडी पर्न नदिने आश्वासन दिए । ‘नेपालगन्जले खेलेको ऐतिहासिक भुमिकाको बारेमा धेरै ईतिहासको पानामा लेखिएका छन्, मैले पढेको छु, मैले धेरै पटक तपाईसँग भनेको छु, म तपाईको साथमा छु,’ उनले भने ।

आफुले काठमाडौं गएपछि सबै राजनीतिक दलसँग छलफल गरेर प्रादेशिक राजधानीका विषयमा सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाए । दाहालले थपे, ‘अहिले अस्थायी केन्द्र मात्र तोकिएको छ, रियल राजधानी बनाउन बाँकी छ, तर मान्नुस नेपालगन्ज नै राजधानी भएपनि सबै अफिस नेपालगन्जमा हुनुहुदैन, केही दाङमा केही बुटवलमा हुनुपर्छ ।’

Womui
Womui