फत्तेपुरका जेष्ठ नागरिकलाई कम्बल वितरण

165

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित फत्तेपुरका जेष्ठ नागरिकलाई बिहीबार कम्बल वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित वडा कार्यालयको आयोजनामा ७० वर्ष उमेर पुगेका २ सय ८० जना जेष्ठ नागरिकका लागी एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको हो । उक्त कार्यक्रममा २ सय ३५ जना जेष्ठ नागरिक सहभागी भएर कम्बल प्राप्त गरेका थिए ।

वडा अध्यक्ष रामलखन थारुको अध्यक्षता, प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम्, गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित भएका जेष्ठ नागरिकहरु कम्बल पाउँदा निकै खुसी भएका थिए । वर्तमान सरकारले हालै मात्र ६५ वर्ष उमेर पुगेकालाई पनि बृद्धभत्ता दिने निर्णय गरेकोप्रति उपस्थित जेष्ठ नागरिकहरुले उक्त निर्णयको स्वागत गरेका छन् । सो अवसरमा बोल्ने अतिथीले पनि वर्तमान सरकारले जेष्ठ नागरिकको सम्मानमा ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय गरेकोमा खुलेरै प्रशंसा गरेका थिए । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडा कार्यालयले २ लाख रुपैयाँ छुट्याएको र सोही बजेटबाट कम्बल वितरण गरिएको वडाअध्यक्ष रामलखनले बताए ।

Womui
Womui