प्रादेशिक महोत्सवका लागी नेपालगन्जमा झाँकी प्रर्दशन

42

नेपालगन्ज-प्रादेशिक महोत्सव-२०७४ बिहीबारबाट नेपालगन्जमा सञ्चालनमा आउँदैछ । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा जयमंगलम सिमेन्ट्स प्रालिको मुख्य प्रायोजनमा महोत्सव सञ्चालनमा आउन लागेको हो । महोत्सवको मध्यान्ह १२ बजेतिर प्रमुख अतिथी एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहका बीच उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

प्रचण्ड हेलिकप्टरबाटै नेपालगन्ज आउने बताईएको छ । विशिष्ट अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भने बुधबार नै नेपालगन्ज आईपुगेकी छन् । उद्घाटनका क्रममा महोत्सव स्थलमा उपस्थित प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी एवम् सहभागीलाई हेलिकप्टरद्धारा पुष्पवर्षा गरिनेछ । प्रमुख अतिथी दाहाल आएकै हेलिकप्टरबाट कार्यक्रम स्थलमा पुष्पवर्षा गरिने महासचिव टण्डनले प्रष्ट्याए ।

दाहाल कार्यक्रम उद्घाटन पश्चात सोही हेलिकप्टरबाट राजधानी फर्किने उनले बताए । महोत्सव उद्घाटन पुर्व बिहान बृहत झाँकी प्रर्दशन गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय परिसर त्रिभुवन चोक पुर्वलाईनबाट बृहत झाँकी प्रर्दशन गरिएको हो । हात्तीसहित निकालिने रयालीमा विभिन्न धार्मिक, साँस्कृतिक, भेषभुषा झल्किने झाँकी प्रर्दशन गरिएको हो । महोत्सव यही माघ २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुनेछ ।

Womui
Womui