नेपालगन्जको राँझामा एउटा भयानक दुर्घटना !

181

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकास्थित राँझामा स्कारपियो गाडी दुर्घटनामा परेको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको बा १६ च २२११ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त उक्त गाडी नालामा पुगेर उत्तानो परेको छ ।

दुर्घटनामा कसैलाई पनि चोट पटक नलागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बाक्लो, हुस्सुमा गाडी तिब्र गतिले गुडेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तस्बिर साभार : सामाजिक सञ्जालबाट

Womui
Womui