चिकित्सक संघ भेरीमा विनोद कर्ण निर्वाचित

139

नेपालगन्ज-नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगन्जको अध्यक्षमा डा. विनोद कर्ण निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा सुभाष पाण्डे, सचिव पियुषकुमार कनोडिया, सहसचिव प्रज्ञा गौतम घिमिरे, कोषाध्यक्ष नविनकुमार उपाध्याय र सह-कोषाध्यक्षमा रोमा बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

आगामी तीन वर्षे कार्यकालका लागी संघको सदस्यहरुमा उमेशकुमार अग्रवाल, सुभाष योगी, सकिल अहमद, भावना न्यौपाने र मधु अर्याल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. विनोदकुमार खेतानले जानकारी दिए ।

Womui
Womui