राप्तीसोनारीको कुसुम पुर्ण खोप घोषणा

115

नेपालगन्ज-राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुश्मा (कुसुम) लाई मंगलबार पुर्ण खोप घोषणा गरिएको छ । प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारु, विशिष्ट अतिथी एवम् उपाध्यक्ष धनीकुमारी खत्री लगायतले एक कार्यक्रमका बीच उक्त वडालाई पुर्ण खोप घोषणा गरेका हुन् ।

कुुसुम स्वास्थ्य चौकीका ईन्चार्ज हरिनारायण पटेलले घरधुरी सर्वेक्षण गरिसकेपछि वडालाई पुर्ण खोप घोषणा गरिएको जानकारी दिए । वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, जनस्वास्थ्यका खोप सुपरभाईजर चक्रबहादुर खड्का लगायतले बोलेका थिए ।

Womui
Womui