राष्ट्रिय बाणिज्य बैंकको रक्तदान

310

नेपालगन्ज-राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५३ औं बार्षिक उत्सवको अवसरमा बैकका क्षेत्रीय तथा शाखा कार्यालयले मंगलबार नेपालगन्जमा रक्तदान गरेका छन् । राष्ट्रिय बाणिज्य बैक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्ज, शाखा कार्यालय धम्बोझी र शाखा कार्यालय त्रिभुवन चोकले संयुक्त कार्यक्रमको आयोजना गरी रक्तदान गरेका हुन् । बैंकको क्षेत्रीय कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । ५३ औं बार्षिक उत्सवको पुर्व सन्ध्यामा बैकले रक्तदान गरेको हो ।

बैकले प्रत्येक वर्ष बार्षिक उत्सवका अवसर पारेर रक्तदान, खेलकुद, दुःखीलाई सेवा जस्ता सामाजिक कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रमको सुरुवात गर्दै बैकका क्षेत्रीय प्रबन्धक बालकृष्ण घिमिरेले निजी बैकहरु धेरै आएपनि बाणिज्य बैक देशकै एक नम्बर अग्रणी बैकका रुपमा रहेको दाबी गरे । बैंकले बुधबार आफ्नो बार्षिक उत्सव मनाउँदैछ ।

Womui
Womui