राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य

251

काठमाडौं-आगामी माघ २४ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस केन्द्रीत दलले अन्तत: कांग्रेससँग सहकार्य गर्ने भएका छन् । मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन् ।

राजपाका महासचिव केशव झाका अनुसार प्रदेश नम्बर २ का ८ सिटमध्ये आधा/आधा सीट लिने सहमति भएको छ । यसअघि मधेस केन्द्रीत दलले राष्ट्रिय सभा निर्वाचनका लागी वाम गठबन्धनसँग तालमेल गर्नेमा सकारात्मक भएका थिए । वाम गठबन्धनसँग मधेस केन्द्रीत दलले संविधान संशोधनको पहिलो शर्त राखेपछि उनीहरुबीच सहमती हुन नसकेको हो ।

Womui
Womui