प्रादेशिक महोत्सवको तयारी अन्तिम

78

नेपालगन्ज- नेपालगन्जमा हुन लागेको प्रादेशिक महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको छ । उक्त महोत्सवको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । यही माघ ११ देखि २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सवको उद्घाटन दाहालले गर्ने निश्चित भईसकेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा महोत्सव आयोजक मुल समितिका संयोजक नन्दलाल बैश्यलले उद्योग वाणिज्य संघको विशेष आग्रहमा प्रचण्ड नेपालगञ्ज आउन लागेको बताए । उद्घाटन शत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भनावी राणा पनि महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने बैश्यले जानकारी दिए । साथै उक्त समारोहमा हेलिकोप्टरबाट पुष्पवर्षा गरिने उनले बताए ।

नेपालगन्जस्थित जयमंगलम सिमेन्ट्स प्रालिले मुख्य प्रायोजन गरेको महोत्सवबाट संकलित रकम बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने संघले जनाएको छ । महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहनेछन् । संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजयकुमार टण्डनले महोत्सवबाट १ करोड बढी रकम बचत गर्ने लक्ष्य लिइएको बताए । पाँच लाख बढीले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने महासचिव टण्डनले बताए । महोत्सवलाई ब्यवस्थितरुपमा सञ्चालन गराउन तथा दर्शकको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरिएको छ । महोत्सवको उद्घाटन समारोह सुरुहुनु भन्दाअघि त्रिभुवन चोकको पुर्वबाट हात्ती सहित साँस्कृतिक झाँकी तथा कलश यात्रा निकालिने आयोजकले जनाएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारको समेत विशेष प्रस्तुती रहने बताइएको छ ।

Womui
Womui