सम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र स्थापना गरिने

98

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । सर्पदंश उपचार केन्द्र भवनको सोमबार एक कार्यक्रमकाबीच बाँके क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले शिल्यान्यास गरिन् ।

बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय ओभरी अगाडी सर्पदंश उपचार केन्द्र स्थापना हुनेछ । सर्पदंश उपचार केन्द्रको भवन निर्माण गर्न ३० लाख रुपैया लाग्ने अनुमान छ । तत्कालका लागि भवन निर्माण गर्नको लागि राप्तीसोनारी गाउँपालिकाले १५ लाख रकम विनियोजन गरेको छ । सर्पदंश उपचार केन्द्रको सञ्चालन नेपाली सेनाले गर्नेछ । कार्यक्रममा नेपाली सेना ४ नम्बर बाहिनी राँझाका बाहिनीपति अनन्त कार्की, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री लगायतले बोलेका थिए ।

Womui
Womui