उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई दिईयो

51

काठमाडौं-राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा नेकपा माओवादी केन्द्रले तीन नेतालाई दिएको छ । माओवादी प्रदेश ईन्चार्जसहित पार्टी मुख्यालय पेरिसडाँडामा बसेको शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो । एमालेसँगको साझेदारीमा माओवादीले राष्ट्रिय सभामा १४ जना उम्मेदवार पाउने सहमति भएको थियो ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार मंगलबार तीन नेता बसेर १४ जना उम्मेदवारको नाम टुंगो लगाउने छन् । सोमबारको बैठकमा प्रदेश ईन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेका छन् । मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार पार्ने जनाइएको छ । निर्वाचन आयोगले माघ १० गते भित्र उम्मेदवारको टुंगो लगाउने समय सीमा तोकेको छ । माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिदै गर्दा एमाले र माओबादी केन्द्रका नेताहरु उम्मेदवारको टुंगो लगाउन व्यस्त भएका हुन् ।

Womui
Womui