‘आँखा र आँखाहरु’ माथी परिचर्चा

160

नेपालगन्ज-कथाकार सुमित्रा न्यौपानेको कथा संग्रह ‘आँखा र आँखाहरु’ माथी परिचर्चा गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा कथा संग्रहमाथी समालोचक लेक प्याकुरेल, पुस्कर रिजाल र लेखक एवम् पत्रकार शुक्रऋषी चौलागाईले समालोचनात्मक टिप्पणी गरे । टिप्पणी गर्दे समालोचक प्याकुरेलले आँखा र आँखाहरु कथा संग्रहमा संग्रहित कथाका पात्रले बोकेको विसंगतीवादी धारालाई उजागर गरे ।

आफुले लेखेका विभिन्न पात्रले विसंगती बोकेको टिप्पणी सुनेपछि लेखिका न्यौपानेले आफुले सोच्दै नसोचेको कोणबाट कथालाई विश्लेषण गरिदिएकोमा आभार प्रकट गरिन् । यसैगरी रिजालले संग्रह भित्रका कथाहरुको कथा बनोट र शन्देशलाई विश्लेषण गरे, भने चौलागाईले कथामाथि पाठकिय दृष्टिकोण प्रस्तुत गरे । टिप्पणीकर्ताले कथा संग्रह आँखा र आँखाहरु एक शसक्त कथा संग्रह भएको बताएका छन्, भने आगामी दिनमा परिस्कृत लेखनका लागि लेखिकालाई सुझाव दिएका छन् ।

सुझावलाई मनन् गर्दै निरन्तर परिस्कृत लेखनीमा सक्रिय रहने लेखिका न्यौपानेले प्रतिक्रिया दिईन् । वरिष्ठ कथाकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता एवम् मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष सृजन लम्सालको सभापतित्व र साहित्यकार इन्द्रराज पौडेल, महानन्द ढकाल, खगेन्द्र गिरी कोपिला, किरण आचार्य, अनुपमा करारा लगायत दुई दर्जनबढी साहित्यकारको सहभागिता रहेको थियो ।

Womui
Womui