सल्यानमा बस दुर्घटना हुँदा ४ को मृत्यु

147

नेपालगन्ज-सल्यानको त्रिवेणी गाउँपालिकामा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ, भने १२ जना गम्भिर घाईते भएका छन् । रुकुमबाट दाङ घोराहीतर्फ जादै गरेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको यात्रु बाहक बस त्रिवेणी गाउँपालिकास्थित लुहाम नजिक भान्टाखोलामा दुर्घटना भएको हो ।

सोमबार दिउँसो साढे २ बजेतिर भएको उक्त दुर्घटना परेर ४ जनाको घटनास्थल मै ज्यान गएको र १२ जना गम्भीर घाइते भाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा रुकुम घर भएकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका–१० की ६५ बर्षीया छन्चरी बिक रहेका छन् । अन्य दुई जना मृतक पुरुषको सनाखत हुन भने सकेको छैन । उक्त बसमा ३० यात्रु सवार रहेको सल्यान प्रहरीले जनाएको छ ।

Womui
Womui