बुम रेमिट छात्र क्रिकेट प्रतियोगिताको तयारी पुरा

122

कोहलपुर-कोहलपुरमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा यही माघ ८ गतेबाट जिल्लास्तरीय बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका निर्देशक तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । जिल्लाका २ सरकारी विद्यालयसहित १२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउने बताउँदै क्षेत्रीले आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताए । गतवर्षदेखी सुरु गरीएको प्रतियोगिताको दोस्रो संस्करणका रुपमा उक्त प्रतियोगिता सञ्चालन गर्न गईरहेको आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापले जानकारी दिए ।

Womui
Womui