प्रदेश राजधानीका लागी बाँकेमा संघर्षका कार्यक्रम घोषणा

48

नेपालगन्ज-बाँकेमा प्रदेश नम्बर ५ को राजधानी तोक्नुपर्ने माग सहित आन्दोलनको नेतृत्व लिएका बाँकेका दलले १५ दिने संघर्षका कार्यक्रम घोषणा गरेका छन् । नेपालगन्जमा आइतबार बसेको नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्तिलगायत सात दलको बैठकले आन्दोलनको नेतृत्व लिदै अस्थायी राजधानी रुपन्देहीबाट नसारिए प्रदेश नम्वर ५ बाट अलग हुने चेतावनी दिएको छ ।

यद्यपी प्रदेश प्रमुखले आईतबार नै ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेश सभा सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाईसकेका छन् । संघर्षका कार्यक्रम अन्तर्गत पहिलो चरणमा हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र, सरकारको निर्णय विरुद्ध घर–घरमा कालो झण्डा राख्नेदेखि रयाली प्रर्दशन गर्नेसम्मका दवावमुलक कार्यक्रम घोषणा गरिएको छ ।

माग सम्बोधन नभए कडा आन्दोलनका कार्यक्रम ल्याउने निर्णय गरेको एमाले बाँकेका उपाध्यक्ष तथा आन्दोलनको अगुवाई गरेका निरक गुरुङले बताए । संघर्ष समितिको नेतृत्व राजनीतिक दलले पालैपालो लिने भएका छन् । यसअघि पापडले लिएको जिम्मेवारी राजनीतिक दललाई सुम्पिएको हो । संघीयताको मर्म र भावना विपरित सरकारले प्रदेश मुकाम रुपन्देही तोकेको भन्दै निर्णय सच्चाउन माग गर्दै बाँके, बर्दिया र दाङमा सरकारविरुद्ध दवावमुलक कार्यक्रम भइरहेका छन् ।

Womui
Womui