सपथ पश्चात नमुनाले भनिन् : ‘विकासले अब फड्को मानेछ’

39

नेपालगन्ज-प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ ले बाँकेको राप्तीपारी बघौडा क्षेत्रको विकासले फड्को मार्ने बताएकी छन् । सपथ ग्रहणपछि आइतबार पत्रकारसँग कुरा गर्दैै उनले सपथ ग्रहणले जनताका पक्षमा काम गर्न अझै जिम्मेवारी बोध गराएको बताईन् । जनताले दिएको मतलाई सम्मान गर्दै राप्तीपारी बघौडा क्षेत्रको विकासमा लागिपर्ने उनले प्रतिवद्वता जनाईन् । ‘निर्वाचन भएदेखि नै बघौडा क्षेत्रको विकासको लागि कदम चालिसकेको छु,’ उनले भनिन् ‘अबदेखि दिनरात नभनेर यस क्षेत्रका समस्या समाधान गर्न लाग्नेछु ।’

बाँके, प्रदेश सभा-१ ‘क’ बाट निर्वाचित भएकी केसीले १ बर्षभित्र राप्तीपारी क्षेत्रमा बत्ती बालेरै छाड्ने प्रतिवद्धता दोहोरयाएकी छन् । उनले थपिन्, ‘निर्वाचित भएसँगै बिद्यूतीकरणको काम अगाडी बढाएकी छु ।’ लामो समयदेखि रोकिराखेको काम मन्त्रालयमा आफै पुगेर बिद्यूतीकरणको फाईल अगाडी बढाएको उनको भनाई छ । दुई/चार दिनमा नै सम्बन्धित निकायका प्रमुखलाई नै लिएर बिद्यूतीकरणको काम तिब्र रुपमा अगाडी बढाउनका लागि फिल्डमा नै जाने बिधायक नमुनाले बताईन् । हुलाकी राजमार्ग विस्तारका क्रममा देखिएका विवादलाई आफै पुगेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाईन् । डुवान र बाढी पीडितका समस्यालाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर हल गरिने उनको भनाई छ । अबको पाँच बर्षभित्र आफ्नो क्षेत्रले फड्को मार्ने उनको विश्वास छ ।

Womui
Womui