प्रेमको निहुँमा लाभ लिने काम भयो

98

पवित्रा भण्डारी
मोडल

प्रेम के हो ?
प्रेम एउटा दुई आत्माको मिलन हो । पे्रम भन्ने चिज सबै प्राणीमा हुन्छ । सबैलाई चाहिने चिज हो, प्रेम । तर, अन्य प्राणी भन्दा मानिसबीचको प्रेम भिन्न हुन्छ ।

प्रेम किन गरिन्छ ?
एक अर्कालाई बुझ्नको लागी प्रेम गरिन्छ । एक अर्कालाई साथ दिनको लागी गरिने चिज नै प्रेम हो । प्रेम भन्ने कुरा आफै हुने चिज हो । जब मन मिल्छ, अनि प्रेम गरिन्छ । मन मिलेपछि मात्रै प्रेम हुने हो । जब मन मिल्दैन, प्रेम पनि हुन सक्दैन ।

तपाईको प्रेममा यादगार क्षण ?
त्यस्तो याद गर्नुपर्ने क्षण त म देख्दिन । तरपनि बेला-बेलामा प्रेमको क्षण हुन्छन् । विशेषगरी बुवा मम्मीदेखी टाढा हुँदा प्रेम मेरो लागी बढी यादगार हुन्छन् ।

युवा पुस्ताको प्रेमलाई के भन्नु हुन्छ ?
युवा पुस्ताको बढी सम्वेदनशिल हुन्छ । युवा पुस्तामा आजभोली प्रेमलाई खेलौनाका रुपमा लिने गरिएको छ । प्रेम भन्ने कुरा खेलौना होईन् । अहिले खेलौना जस्तै भइसकेको छ । प्रेम कहिल्यै पनि हिसाबले गरिदैन । प्रेमको निहुँमा लाभ लिने काम भईरहेको छ । प्रेममा नकारात्मक प्रवृत्ती बढेको छ ।

प्रेममा सुझाव ?
सकेसम्म प्रेम नगरौं । यदी गर्ने नै हो, भने सच्चा प्रेम गरौं । गलत नियतले प्रेम नगरौं ।

Womui
Womui