छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

18

मोरङ-दुई छुट्टा–छुट्टै स्थानमा मंगलबार राति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा मंगलबारराति को २९ प ३६५६ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

यसैगरी, कानेपोखरी गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ प ५१४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी–३ बस्ने ५० वर्षीय जितन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए

Womui
Womui