सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी केन्द्र

25

काठमाडौं-सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रूपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए ।

सकभर पाँचै राजनीतिक दलको सहमतिमा प्रदेश प्रमुख तोेक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा एमाले र माओवादीले सहमति नदिएपछि मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग सहमति गरेर सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेका हुन् । सरकारले प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा(विराटनगर), रत्नेश्वरलाल कायस्थ (जनकपुर), अनुराधा कोइराला(हेटौंडा), बाबुराम कुँवर(पोखरा), उमाकान्त झा(रूपन्देही), दुर्गाप्रसाल खनाल(सुर्खेत) र मोहनराज मल्ल(धनगढी)लाई नियुक्त गरेको हो ।

Womui
Womui