डुडुवा गाउँपालिकामा तालाबन्दी

114

नेपालगन्ज-सरकारले पठाएको राहत रकम पीडितलाई नबाँडिएको भन्दै मंगलबार डुडुवा गाउँपालिकामा तालाबन्दी गरिएको छ । सरकारले प्रति परिवार २ हजार १ सय रुपैयाँ राहत पठाएपनि गाउँपालिकाले अझै सम्म वितरण नगरेकाले तालाबन्दी गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुले डुडुवा गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन् । यता गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले गैरबाढी पीडितले राहत माग गरेपछि पीडितका लागि आएको राहत वितरण गर्न समस्या भएको बताएका छन् । वास्तविक पीडितलाई राहत वितरण गरिने उनको भनाई छ ।

Womui
Womui