नर्सको आन्दोलनले बिरामी मर्कामा

220

नेपालगन्ज-आफुहरुले राखेका माग पुरा नभएको भन्दै बाँके लगायत देशभरका नर्सहरु आन्दोलित भएका छन् । उनीहरु विभिन्न मागहरु राख्दै विगत एक सातादेखी आन्दोलित छन् । सोही कार्यक्रम अन्तर्गत बाँकेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सले पनि आन्दोलनमा सहभागिता जनाएका छन् । अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गरिनुपर्ने, स्कुलमा नर्स राखिनुपर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्काशन गरिएका नर्सको पुर्नबहाली गरिनुपर्ने लगायतका माग राख्दै नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्स आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका नेपालगन्जका नर्सहरु । तस्बिर : सुनिल रेग्मी

विभिन्न ११ बुँदे माग अघि सार्दै नर्सहरुले सरकारलाई चेतावनी दिएका हुन् । हातमा कालो पट्टी बाँध्ने, अस्पताल र शैक्षिक संस्थामा एक घण्टा ड्युटी छाडेर बिरोध जनाईसकेका उनीहरुले सोमबारबाट आन्दोलनलाई झन् कडा बनाउँदै लगेका छन् । उनीहरुले माघ १, २ र ३ गते सम्म दैनिक ३ घण्टा ड्युटी छाड्ने, यस्तै ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको ड्युटीमा नजाने र माघ ७ गतेदेखि २४ घण्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने चेतावनी सहितको बिरोध कार्यक्रम सार्वजनिक गरेका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी रहने नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी(ओली)ले चेतावनी दिएकी छन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर, लगायत अस्पतालका नर्सको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।

Womui
Womui