बालमैत्री शासनका लागी जनप्रतिनिधिलाई अभिमुखिकरण

201

नेपालगन्ज-बालमैत्री स्थानीय शासनका लागि जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने प्रयास गरिएको छ । एक दिने अभिमुखीकरण मार्फत नेपालगन्ज उपमहानगरपालिकाले वडाअध्यक्ष तथा सदस्यलाई बालबालिकाको समग्र विकासमा केन्द्रित गराउने प्रयत्न गरेको हो । युनिसेफ नेपालको सहयोगमा एकिकृत सामाजिक विकास केन्द्र नेपालको सहजिकरणमा मंगलबार बालमैत्री स्थानीय शासन अन्तर्गत बाल संरक्षण तथा बालश्रम न्युनिकरण सम्बन्धि जनप्रतिनिधिलाई एक दिने अभिमुखिकरण गराइएको थियो । सोही कार्यक्रममा नेपालगन्जको बालबालिकाको समग्र बस्तु स्थिती समावेश प्रोफाईल समेत विमोचन गरियो ।

नगर प्रमुख डा. धवलशमशेर राणाले बालमैत्री स्थानीय शासनका लागि बाल संरक्षण, विकास र अधिकारको प्रत्याभुत गर्न जरुरी रहेको भन्दै सबै पक्षको हातेमालोको आवश्यक्तामा जोड दिए । उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, यूनिसफेफका बाल संरक्षण अधिकृत रामप्रसाद गौतम, एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसी लगायतले बालमैत्री स्थानीय शासन, बाल संरक्षण, बाल श्रम न्यूनीकरण, जनप्रतिनीधीको भूमिका र सहकार्य लगायतका विषयमा सहजीकरण गरेका थिए ।

Womui
Womui