‘प्रादेशिक महोत्सवमा ‘कार्टुन क्रुज’ आउने

154

नेपालगन्ज-नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ ११ गतेदेखि २२ गतेसम्म आयोजना गरिन लागिएको ‘प्रादेशिक महोत्सव-२०७४’ मा युवा पुस्ता माझ लोकपृय नृत्य समूह ‘कार्टुन क्रुज’ आउने भएको छ । ‘पानी परयो’ जस्तो लोकपृय गीत र नृत्य गर्ने सो समुह पहिलो पटक नेपालगन्जमा सो महोत्सवमा आउन लागेको हो । युवा पुस्ता माझ लोकपृय रहेको कारण उक्त नृत्य समूहलाई नेपालगन्ज ल्याउन लागेको सांस्कृतिक उपसमितिले जनाएको छ ।

महोत्सवमा अन्जु पन्त, सुगम पोख्रेल, राजनराज सिवाकोटी, प्रमोद खरेल, पशुपति शर्मा, रामजी खांड, खुमनअधिकारी, ज्योती मगर लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक उपसमितिले जनाएको छ । अमेरिकी ब्याण्डका पाहुना कलाकार, चचिृत डान्सर कार्टुन क्रियुको बिशेष प्रस्तुती र माग्ने बुढा, ज्योती काफ्ले, कमल गाउले राजा राजेन्द्र, दिनेश काफ्लेको हास्यब्यांग्य रहनेछ ।

Womui
Womui