दीपक मनाङेलाई पाँच वर्ष कैद सजाय

154

काठमाडौं-मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ भनिने दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजायलाई सदर गरेको छ । सर्वोच्चको आदेशसँगै उनको विधायक पद स्वतः बदर भएको छ ।

सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । सो मुद्दामा पुरावेदन अदालत पाटनले यसअघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो । अन्य प्रतिवादीले भने सो सजायँ चुनौती दिँदै पुनरावेदन गरेतापनि मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने पनि इजलासले ठहर गरेको छ ।

Womui
Womui