अन्नपूर्णको वार्षिक ग्राहक योजना नेपालगन्जमा

113

नेपालगन्ज-अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले नेपालगन्जबाट पनि आफ्नो वार्षिक ग्राहक योजना सुरु गरेको छ । राजधानी लगायत देशभर रहेका अन्नपूर्ण पोस्टका सबै क्षेत्रीय कार्यालयमाफर्त आइतबार एकैसाथ ग्राहक योजनाको सुरुवात भएको हो । यसैक्रममा अन्नपूर्ण पोस्टको मध्य तथा सूदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जले पनि वार्षिक योजनाको सुरुवात गरेको छ । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राई तथा प्रदेश सभा सदस्य सुरेन्द्र हमालले वार्षिक ग्राहकको रसिद लिँदै आफ्नो रक्त चाप समेत जाँच गराएर बार्षिक ग्राहक योजनाको सुरुवात गरेका थिए ।

त्यसक्रममा राईले अन्नपूर्ण पोस्टले पाठकलाई ज्ञान, सूचना र मनोरञ्जनसँगै सम्पूर्ण जनताको स्वास्थ्यलाई समेत ख्याल राख्दै ग्राहक योजना सुरुवात गरेकोमा प्रशंसा गरे । उनले भने, ‘ज्ञान, सूचना अनि मनोरञ्जन त पत्रिकाले पस्किँदै आएको छ, अब सम्पूर्ण जनतालाई सचेत गराउने उद्देश्यले अन्नपूर्णले रक्त चाप चाँच्ने मेसिनसमेत दिन थालेको छ, यो एउटा मेसीनमात्रै नभई, जनतालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने एउटा अभियान पनि हो ।’

त्यस्तै प्रदेशसभा सदस्य हमालले जनतालाई स्वास्थ्यप्रति सचेत गराउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । ‘आम मानिसको आवाज बनिरहेको अन्नपूर्ण पोस्ट मानिसको सबैभन्दा ठूलो धन, उसको स्वास्थ्यप्रति पनि सचेत छ,’ उनले भने ‘निश्पक्ष र जनमुखी समाचारको सम्प्रेषणसँगै यो स्वास्थ्य सचेतना अभियानलाई पनि हामी सबैले साथ दिनुपर्छ ।’ अन्नपूर्ण पोस्टका क्षेत्रीय इन्चार्ज प्रेम केसीले अन्नपूर्ण पोस्टको वार्षिक योजना अन्र्तगत आइतबारदेखि मध्य तथा सूदूरका सबैजसो जिल्लामा अन्नपूर्णका प्रतिनिधि खटाइएको जानकारी दिए ।

उनका अनुसार वार्षिक ग्राहक योजनाको प्रचारप्रसारको लागि अन्नपूर्णकर्मीको समूहले नेपालगन्ज बजारमा रोड–शो समेत गरेको छ । यस योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स ब्लडप्रेसर (बीपी) मेसिन उपहार पाउने केसीले जानकारी दिए ।

Womui
Womui