भुवर भवानी मन्दिरमा मेला सञ्चालन

199

बाँके(बैजापुर)-हरेक वर्षझै यसवर्ष पनि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ बैजापुरस्थित प्रशिद्ध भुवर भवानी मन्दिर परिसरमा आईतबारबाट मेला सञ्चालनमा आएको छ । भुवर भवानी मन्दिर मेला व्यवस्थापन तर्दथ समिति वडा नम्वर ३ को आयोजनामा मेला सञ्चालनमा आएको हो । उक्त मेलाको बाँके, प्रदेश सभा–१ ‘क’ का सदस्य कृष्णा केसी नमुनाले एक समारोहका बीच पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।

मेला व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम थारुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । उद्घाटन शत्रमा थारु समुदायका विभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।

मेला भर्न तथा मन्दिरमा पुजापाठ गर्न बाँके, बर्दिया, दाङ लगायत भारतका विभिन्न ठाउँबाट ठुलो संख्यामा भक्तजन पुगेका छन् । मन्दिरमा पुगेर भाकल गरेमा मनले सोचेको कुरा पुरा हुने धार्मिक विश्वास रही आएको छ । स्थानीय बासिन्दाका अनुसार २०१३ सालमा स्थापना भएको भुवर भवानी मन्दिर परिसरमा माघी पर्वको अघिल्लो दिन मेला सुरु भएर करिव ४ दिन सम्म चल्छ । विगतमा ठेक्का प्रणालीबाट मेला सञ्चालन हुदै आएपनि दुई वर्षयता साबिक बैजापुर गाविस कार्यालयले चलाउँदै आएको थियो । यसवर्ष राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित वडापालिकासँगको सहकार्यमा मन्दिर व्यवस्थापन समितिले सञ्चालन गरेको बताइएको छ । मेला सञ्चालनका लागी स्थानीय समाजसेवी तुलसीराम थारुको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो ।

Womui
Womui