राप्तीसोनारीमा चिसो प्रभावितलाई कम्बल

126

नेपालगन्ज-बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै बाँकेको राप्तीसोनारी गाउँपालिकामा कम्बल वितरण गरिएको छ । ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) को आयोजना र राप्तीसोनारी गाउँपालिका कार्यालयसँगको सहकार्यमा बैजापुरस्थित सरस्वती माध्यामिक बिद्यालय भवानीयापुर र गणेश प्राथमिक बिद्यालय खैरहनीमा वितरण गरिएको हो । सरस्वती माबिमा उपस्थित ५ सय ४६ घर परिवार तथा गणेश प्राविमा उपस्थित ३ सय ७८ परिवारलाई कम्बल वितरण गरिएको थियो ।

सो क्रममा प्रति परिवार दुई थान कम्बल तथा पाँचवर्ष मुनिका बालबालिकालाई एकिकृत हाईजिनिक किट वितरण गरियो । कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले कम्बल तथा एकिकृत हाईजिनिक किट वितरण गरेका हुन् । यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ फत्तेपुरका जेष्ठ नागरिकलाई पनि बिहीबार नै कम्बल वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ स्थित वडापालिकाको बजेटबाट कम्बल वितरण गरिएको राप्तीसोनारी गाउँपालिकाका सन्तोष चौधरीले जानकारी दिए ।

Womui
Womui