पूर्वराजा ज्ञानेन्द्रलाई भेटर राजसंस्था फर्काउन माग

139

नेपालगन्ज-मध्य तथा सुदुर पश्चिम क्षेत्रको भ्रमणका लागी नेपालगन्ज आएका पुर्वराजा ज्ञानेन्द्र शाहलाई शनिबार राजसंस्था सर्मथकले भेट गरेका छन् । शनिबार बिहान ११ बजेदेखि लाईन लागेका राजाबादी तथा पुर्वराजाका सर्मथकले ज्ञानेन्द्रलाई दिउँसो २ बजेसम्म भेट गरेका हुन् । भेटमा सबैले देशमा अस्थिर राजनीतिमा देशी÷विदेशी शक्तिको चलखेल, राष्ट्रियता, सार्वभौमसत्ता कमजोर हुदै जानु, भ्रष्टचार मौलाउँदै जानुले राजाले पुनः नेतृत्व लिनुपर्ने, देशलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने माग पुर्वराजा समक्ष राखेका थिए ।

राजसंस्था र हिन्दुधर्मको वकालत गर्दै आएका एकिकृत राप्रपा(राष्ट्रबादी)का सहायक प्रवक्ता तेजनारायण कँडेल पनि त्यो भिडमा देखिएका थिए । पुर्वराजालाई भेटिसकेपछि उनले देशमा हिन्दुराष्ट्र निर्माण र भ्रष्ट्राचारको अन्त्य गर्न पुनः राजसंस्था स्थापना हुनुपर्ने बताए ।

उनले भेटका क्रममा आफुले राजसंस्था पुर्नस्थापना हुनुपर्ने सुझाव दिएको पनि बताए । सो क्रममा ज्ञानेन्द्रले ११ वर्षको समय अवधिमा नेपाली जनताले धेरै दुःख कष्ट पाएको कुरा बताएका थिए । राजसंस्था सर्मथक कानुनी व्यवसायी, शिक्षक, निजामती कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी ब्यापारीको बाक्लो उपस्थिती रहेको थियो ।

तस्बिर : सामाजिक सञ्जालबाट

Womui
Womui