बाढी पीडितलाई जाडोका सामाग्री

42

नरैनापुर-बाँकेको नरैनापुर गाउँपालिकाका बाढी प्रभावित घरपरिवारलाई बिहीबार जाडोका सामाग्री वितरण गरिएको छ । वडा नम्बर १ देखि ५ का बाढी प्रभावित ८९ परिवारलाई सामाग्री वितरण गरिएको हो । अत्याधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै जिल्ला विपद् ब्यवस्थापन समिति, अक्सफाम, युकेएड र नरैनापुर गाउँपालिकाको सहयोगमा बिगु्रपले पूर्ण क्षति भएका ८९ घरपरिवारलाई राहत वितरण गरेको हो ।

गाउँपालिकाका ५ वटा वडामा प्रति परिवार ४ वटा कम्बल, ४ वटा म्याट्रिक्स, २ वटा फ्लोर म्याट, २ वटा डोरी सहित त्रिपाल र न्यानो कपडा किन्न नगद ५ हजार रुपैँया वितरण गरेको बिग्रुपका कार्यक्रम संयोजक रामनिवास यादवले जानकारी दिए । जाडोको बेला न्याना कपडा, सामग्री र न्याना कपडा किन्न नगद रकम नै पाएपछि स्थानीयलाई राहत मिलेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए । बिग्रुपका अध्यक्ष राजकुमार क्षेत्री, अक्सफामका कार्यक्रम संयोजक जीवन काँचुला, नरैनापुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मल्लेह शेष, वडा नम्बर २ का अध्यक्ष मक्सुद अहमद साह लगायतले राहत वितरण गरेकोे जानकारी उनले दिए । यसअघि नेपालगन्ज, खजुरा र राप्तीसोनारीका बिनौना र फत्तेपुरमा पनि जाडोका सामाग्री वितरण गरेको यादवले बताए ।

Womui
Womui