पृथ्वी जयन्तीको अवसरमा बृद्धबृद्धालाई न्यानो लुगा

117

नेपालगन्ज-पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार ठकुरी पत्रकार समाज नेपालले बागेश्वरी मन्दिर परिसरमा न्यानो लुगा वितरण गरेको छ । समाजकी अध्यक्ष करुण शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बागेश्वरी मन्दिर परिसरमा रहेका ५० जना बृद्धबृद्धा, अपांंगता भएका ब्यक्तिलाई न्यानो लुगा वितरण गरिएको हो । उनीहरुलाई न्यानो लुगा ट्राउजर, गलबन्दी र टोपी वितरण गरिएको थियो ।

सो कार्यक्रममा ठकुरी समुदायका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सुनिलसिंह हमाल, समीरप्रताप सिंह, बीरेन्द्रबहादुर शाह, उज्जलसिंह राठौर तथा सुमन मल्ललाई बधाई दिईएको थियो । कार्यक्रममा समाजका कानुनी सल्लाहकारद्वय लोकबहादुर शाह, बलबहादुर चन्द, नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रिय सदस्य झलक गैरे, पूर्व अध्यक्ष एवं सल्लाहकारद्वय शुक्रऋषी चौलागाई र रुद्र सुवेदी, मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज राजन गौतम लगायतको उपस्थिती रहेको उपाध्यक्ष निशा शाहले जानकारी दिईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् बाँके प्रदेश सभा-२ ‘ख’ का सदस्य सुरेन्द्र हमालले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका दिव्य उपदेशलाई नै आत्मसाथ गरेर अघि बढेमा हाल देशका थुप्रै समस्या हल हुनेमा विश्वास पनि ब्यक्त गरे । ‘सरकारले नै राष्ट्रिय एकता दिवस र पृथ्वीनारायाण शाहका योगदानलाई बिर्सनु ईतिहास बिर्सनु हो, जो किमार्थ सही होईन,’ उनले भने ।

Womui
Womui