एचसीआरसी कप ब्याडमिन्टनमा फाईनल समिकरण पुरा

72

नेपालगन्ज-नेपालगन्जमा जारी एचसीआरसी कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ । नेपालगन्जस्थित कबर्डहलमा सञ्चालन भईरहेको प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न गल्र्स यु–१६ को सेमीफाईनल खेलमा सेन्ट थोमश स्कुलकी सुस्मिता पौडेललाई पराजित गर्दै वेस्टजोन स्कुलकी समिक्षा न्यौपाने फाईनलमा प्रवेश गरिन् । सोही ईभेन्टमा सेन्ट थोमसकी दुर्गा पुनलाई पराजित गर्दै ज्ञानोदय बिद्या निकेतनकी विपना थापा फाईनलमा प्रवेश गरिन् । गल्र्स यु–१३ तर्फ थोमशकी सुस्मिता पौडेलले ज्ञानोदयकी सेलिना पुनलाई र थोमशकी दुर्गा पुनलाई पराजित गर्दै ज्ञानोदय बिद्या निकेतनकी बिपना थापा फाईनलमा प्रवेश गरिन् ।

ब्वाईज यु–१६ तर्फ थोमशका सफल थापाले थोमसकै संगम पुनलाई र थोमसका सचिन चौधरीले थोमस कै शिव सुनारलाई पराजित गर्दै फाईनलमा प्रवेश गरे । ब्वाईज यु-१३ तर्फ ज्ञानोदय बिद्या निकेतनका करण सिंहले राजेश बिसीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरे । सोहि ईभेन्टकोे फाईनल प्रवेशका लागि ब्राईटल्याण्डका बिद्या बोथरा र जयबागेश्वरी स्कुलका अभिशेष बीच बिहिबार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत पुरुष डबल्सको सेमिफाइनलमा इरफान अन्सारी र चक्र दामरापालको जोडीले दिपेश चौधरी र निराजन चौधरीलाई २१–१६, १८–२१, २१–७ ले हराए । अभय लाल श्रेष्ठ र अरुण गौतमले सरोज अन्सारी र कुमार उप्रेतीलाई २१–१५, २१–१३ ले, बिलाल वारसी र सफल थापाले नवराज जोसी र रवि सिग्देलको जोडीलाई २१–९, २१–१९ ले हराउन सफल भए । यसैगरी पुरुष डबल्सको अन्तिम सेमिफाइनलमा रियाज अन्सारी र राम प्रसाद भुषालले राम बहादुर शाही र डर बहादुर विष्टको जोडीलाई २१–८, २१–१२ ले सहजै पराजित गरे ।

एचसीआरसीले स्थापना दिवसको अवसरमा गरेको तीन दिने प्रतियोगितामा पाँच इभेन्ट समावेश गरिएको छ । १ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गरिरहेका छन् । बिहीबार दिउँसो १ बजे प्रतियोगिताको समापन हुने आयोजकले जानकारी दिएको छ ।

Womui
Womui