एचसीआरसी ब्याडमिन्टनमा सफल र समिक्षा च्याम्पियन

136

नेपालगन्ज-ब्याडमिन्टन नेपालगन्जमा बिहीबार सम्पन्न एचसीआरसी कप ब्याडमिन्टनको यु–१६ तर्फ सफल थापा र समिक्षा न्यौपाने च्याम्पियन भएका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सम्पन्न फाइनलमा सेन्ट थोमस स्कुलका सफलले आफ्नै स्कुलका सचिन चौधरीलाई २१–१२, २१–११ ले पराजित गर्दै च्याम्पियन भए । सोही ईभेन्टमा सेन्टथोमसकै शिव सुनार र संगम पुन तेस्रो भए । शिव प्रतियोगितामा उदयीमान खेलाडीबाट पुरस्कृत भए । उनलाई ब्याडमिन्टन संघका केन्द्रिय सदस्य रोहित टण्डने ब्याडमिन्टन किट्स उपहार दिए ।

यु–१६ महिलामा वेस्ट जोनकी समिक्षाले ज्ञानोदय बिद्या निकेतनकी विपना थापालाई २१–५, २१–१३ ले पराजित गर्दै प्रथम भईन् । सेन्ट थोमसकी दुर्गा पुन र सुस्मिता पौडेल तेस्रो भए । यु–१३ पुरुषमा करण सिंह र विपनाले पहिलो स्थान प्राप्त गरे । विपनाले आफ्नै स्कुलकी सुस्मितालाई २१–७, २१–१७ ले पराजित गरिन् । सेलिना र दुर्गा पुन तेस्रो भईन् । ज्ञानोदयका करणले ब्राइटल्यान्डका दिब्य बोथरालाई २१–८, ७–२१, २१–१५ ले हराएर प्रथम भए । पुरुष डब्लसको फाइनलमा इरफान अन्सारी र चक्र दाम्रपालले रियाज अन्सारी र राम प्रसाद भुषालको जोडीलाई १९–२१, २१–१८, २१–१७ ले हराउदै प्रथम भयो । सो ईभेन्टमा विलाल वारिस र सफल थापा, तथा अभय लाल श्रेष्ठ र अरुण गौतमको जोडी तेस्रो भयो । पुरुष डबल्स विजेताले आधा तोला सुन, उप–विजेता जोडीले १० हजार र सेमिफाईनल पुग्ने टिमले समान ५ हजार नगद रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई बाँके प्रदेश सभा-२ ख का सदस्य सुरेन्द्र हमाल, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य टन्डन, नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलसम्शेर राणा, आयोजक अस्पतालका बलराम शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन भएको उक्त प्रतियोगितामा ५ वटा इभेन्ट समावेश गरिएको थियो । प्रतियोगितामा १ सय २६ खेलाडीले पुरुष डबल्स, यु–१३ र यु–१६ महिला पुरुष इभेन्टसमा प्रतिस्पर्धा गरेका थिए ।

Womui
Womui