राष्ट्रिय सभाको चुनाव माघ २४ गते तोकियो

40

काठमाडौं-राष्ट्रिय सभाको चुनाव आगामी माघ २४ गते गर्ने सरकारले शुक्रबार निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माका अनुसार चुनाव माघ २८ गते गर्ने, सत्य निरुपन तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने, प्रदेश प्रमुख र राजधानी अर्को क्याविनेटले तोक्ने निर्णय गरेको हो ।

दुबै आयोगको म्याद थप्न कानुन संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको उनले बताए । यी दुबै आयोगको विस्तारित अवधि आगामी माघ २६ गते सकिदैछ । अब बन्ने संसदले यी दुई आयोगको कार्यवधि विस्तारमा काम गर्न नभ्याउने हुनाले अध्यादेश सिफारिस गर्नुपरेको बताइएको छ । आयोगको म्याद थपिएसँगै अहिलेकै पदाधिकारीले निरन्तर काम गर्नेछन् । मन्त्रिपरिषदले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने भनिएपनि शुक्रबार तोकेको छैन ।

Womui
Womui