बुवा आमाको सम्मानमा अक्षयकोष

114

नेपालगन्ज-सल्यानको शारदा नगरपालिका माल्नेटामा जन्मिएर हाल नेपालगन्जमा बस्दै आएकी दिला शाहले आफ्नो बुवाआमाको नाममा अक्षयकोष स्थापना गरेकी छन् । आफ्ना बुवा मानबहादुर शाह र आमा देवा शाहको सम्मानमा २ लाख ५० हजार रकमको ‘मानदेवा परोपकारी अक्षय कोष’ स्थापना गरेकी स्थापना गरेकी हुन् । भ्रष्टाचारविरुद्ध क्रियाशिल संस्था बागेश्वरी असल शासन क्लब (बास) मार्फत नेपालगन्ज१८ निवासी शाहले शुक्रबार एक कार्यक्रमका बीच मानदेवा परोपकारी अक्षय कोष घोषणा गरेकी हुन् ।

बासकी साधारण सदस्य समेत रहेकी उनले बासका अध्यक्ष मन भण्डारीलाई २ लाख ५० हजारको चेक हस्तान्तरण गरिन् । घोषणा कार्यक्रममा बोल्दै शाहले आफूलाई जन्मदिने आमाबुवालाई मरणोपरान्त सम्मान गर्ने कार्य उचित नभएकाले जिवित छँदै वुवा, आमाको सम्मानमा अक्षयकोष स्थापना गरेको बताईन् । मानविय कार्य गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरेको जानकारी दिदै उनले अक्षय कोषको व्याजबाट रोईरहेका मनहरुमा मलहम लगाउने बताईन् । ‘पैसाले कसैलाई पूग्दैन, कमाईको केही हिस्सा सामाजिक कार्यमा लगाउनु सबैको दायित्व हो भन्ने सम्झेर अक्षय कोष स्थापना गरिएको हो,’ उनले भनिन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले अक्षय कोषको व्याजबाट अतिविपन्न बालबालिकाको पठन पाठन, हिंसामा परेका महिला, अपांगता भएका व्यक्तिको जिविकोपार्जन, विभिन्न घटना, दुर्घटनामा परि घाईते भएका व्यक्ति तथा विभिन्न रोगबाट पीडितको उपचार, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिलाई सहयोग गर्ने र मानविय सेवा तथा सामाजिक सेवासँग सम्बन्धित कार्य गर्ने लक्ष्य लिइएको बताए । मूल पूँजीको व्याजबाट प्राप्त हुने रकमबाट अक्षय कोषकी संस्थापक दिलाको जन्म दिन साउन ३ गते विशेष कार्यक्रम गरि सहयोग प्रदान गरिनेछ, भने आवश्यकता अनुसार अन्य समयमा पनि सहयोग प्रदान गरिनेछ । बासले अक्षयकोष व्यवस्थापनका लागि सञ्चालिका दिलाकै संयोजकत्वमा अक्षय कोष सञ्चालक समिति गठन गर्नेेछ ।

Womui
Womui