दुर्घटना रोक्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’

151

नेपालगन्ज-बाँकेमा सडक दुर्घटना रोकथाम गर्न विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत जिल्लाभरबाट करिव १ हजार बढी ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँसिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होमबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले स्टिकर टाँस्न लगाएका हुन् । सवारी दुर्घटना न्युनिकरण गर्न बाँकेमा ट्राफिक प्रहरीले जनचेतना मुलक कार्यक्रम चलाएको उनले बताए । चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान थालिएको थापाले जानकारी दिए । ट्याक्टरको ट्रलीमा रिफ्लेक्टर स्टिकर टाँसेपछि पछाडीबाट आउने अन्य सवारी साधनका चालकले सजिलैसँग देख्न सक्ने भएकाले दुर्घटना हुन पाउँदैन ।

Womui
Womui