पुर्वराजा ज्ञानेन्द्रले भोली दाङका मन्दिरमा पुजा गर्ने

103

नेपालगन्ज-पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगन्जमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भोली दाङ जाने भएका छन् । एक साताअघि नेपालगन्ज आईपुगेका पूर्वराजा शाह शुक्रबार बिहान दाङ जान लागेका हुन् । पूर्वराजा पूर्वपश्चिम राजमार्ग हुँदै बाँकेदेखि दाङ तुलसीपुरसम्मको १ सय १७ किलोमिटरको बाटो गाडीमै यात्रा गर्दै दाङ जाने बताइएको छ । तराईमा बाक्लो हुस्सु र शितलहर चल्ने भएको हुँदा स्कटिङ र सुरक्षाको लागि बाक्लो सुरक्षाकर्मी खटाउने तयारी स्थानीय प्रहरी प्रशासनले गरेको छ ।

दाङको सीमासम्म प्रहरी स्कटिङका लागि प्रहरी खटाउने जिल्ला प्रहरी कार्यालय दाङले तयारी गरेको छ । घोराहीमा अम्विकेश्वरी, रत्ननाथ मन्दिर र साईबाबाको मन्दिर दर्शन गर्ने बताइएपनि पुर्वराजाको निजी सचिवालयले स्पष्ट पारेको छैन । शाहका निजी सचिव सागरप्रसाद तिमिल्सेना बिहीबार दाङ पुगेर त्यहाँको तयारी तथा सम्बन्धित मन्दिर र होटलको अवस्था अवलोकन गरि नेपालगन्ज फर्किसकेका छन् ।

Womui
Womui