‘पराजयको मुख्य कारण काँग्रेससँगको तालमेल : राप्रपा

139

काठमाडौं-नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएको राप्रपाका अधिकांस नेताले बताएका छन् । राजधानीमा जारी पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्ने नेताले यस्तो बताएका हुन् । बोल्ने अधिकांस नेताले प्रतिनिधिसभा चुनावमा देशका १ सय ६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको धारणा राखेका छन् ।

बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ । पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लो पटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नु परेको समीक्षा गरिएको छ ।

Womui
Womui