बलात्कार आरोपमा सिता एयरका कर्मचारी विरुद्ध मुद्दा

127

नेपालगन्ज-बलात्कार आरोपमा पक्राउ परेका दुई जना व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको छ । नेपालगन्जको एक होटलबाट पक्राउ परेका सिता एयर नेपालगन्जका स्टेशन म्यानेजर ३९ बर्षिय मनोज भारती र उनका साथी ४३ बर्षिय निरज गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दायर गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख(डिएसपी) राजेन्द्र अर्यालले पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार नयाँ वर्ष मनाउन भनि मनोज र निरजले १९ र २४ बर्षिया दुई जना युवती लिएर नेपालगन्जस्थित एक प्रतिष्ठित होटलको कोठा शनिबार बुक गरेका थिए । १९ बर्षिया युवतीले राती २ बजेतिर आफु बलात्कृत भएको भन्दै प्रहरीलाई गुहारेपछि उक्त घटना बाहिर आएको थियो । ती युवतीले युवतीले बाथरुममा लुकेर फोन गरेपछि प्रहरी टोली पुगेर मनोज र निरजलाई नियन्त्रणमा लिएको डिएसपी अर्यालले बताए । मनोजले लामो समयदेखी उक्त होटलमा एयरलाइन्सका पाईलट, कर्मचारी तथा फरक–फरक युवतीलाई ल्याएर बसाउने गरेको खुल्नमा आएको छ । घटना लगत्तै प्रहरीले चारैजनाको स्वास्थ्य परिक्षण गराएपनि रिपोर्ट अहिले सम्म प्राप्त नभएको डिएसपी अर्यालको भनाई छ ।

Womui
Womui